वडा नं ९ द्धारा वडाका टेवल टेनिस खेलाडीलाई जर्सी वितरण
पाेखरा | असोज २८, २०७९
पोखरा। नवौं राष्ट्रिय खेलकुद अन्र्तगत टेबल टेनिस प्रतियोगिताका खेलाडीहरुलाई शुक्रबार जर्सी वितरण गरिएको छ ।
पोखरा महानगरपालिका वडा नं ९ ले आफ्ना वडाबाट प्रतियोगितामा सहभागि हुने खेलाडीहरुलाई जर्सी वितरण गरेको हो ।
पोखरा रंगशालामा आयोजित एक कार्यक्रमका बीच जर्सी वितरण गर्दै वडा नं ९ का वडाध्यक्ष दिपेन्द्र मर्सानीले वडामा रहेका खेलाडीको मनोबल बढाउनकालागि वडाद्धारा जर्सी प्रदान गरिएको बताए र्। खेलाडीले राष्ट्रको गौरव, शान, मान, पहिचान स्थापित गर्नसक्छन्’ मर्सानीले भने ।
खेलाडीको रुपमा वडा नं ९ लाई चिनाउन सफल होस् भन्ने शु्भकामना दिदै मर्सानीले पदक विजेता वडाका खेलाडीलाई विजयी पदकका आधारमा जनही १० हजार, पाँच हजार र तीन हजार रुपैयाँका दरले वडाले नगद सम्मान गर्ने घोषणा समेत गरे ।
कास्की जिल्ला टेबल टेनिस संघका अध्यक्ष उत्तम जोशीले वडा नं ९ ले उदायीमान खेलाडीहरुको हौसला बढाउने कार्य गरेको भन्दै साना होस् या ठुला हरेक खालका सम्मानले खेलाडीलाई खेलप्रति लगाव बढाउने बताए ।
संघका सचिव कृष्ण रानाभाटले वडा नं ९ को खेलाडी प्रोत्साहन कार्य प्रशंसानिय भएको बताए ।
गण्डकी प्रदेशलाई खेल पर्यटनको विश्वव्यापी ‘हब’ बनाउन सकिने पर्याप्त आधार भए पनि राज्यको स्पष्ट दृष्टिकोण र लगानीको अभावमा यो क्षेत्र अझै बामे सर्न सकेको छैन । नेपाल खेलकुद पत्रकार मञ्च गण्ड...
पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...
बन्दीपुर । पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

